नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी पूरा
पोखरा - फेवातालमा आजदेखि हुने नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी पूरा भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
असार ८ र ९ गते हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम सहभागी हुने भएका छन् ।
यो फेस्टिवल दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको हो । सातै प्रदेशबाट र चीनबाट गरी १६० जना प्रतियोगीहरू सहभागी हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया