६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक : अध्यक्ष अग्रवाल
काठमाडौँ- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । शुक्रबार परिसंघको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले चुनौतीपूर्व अर्थतन्त्रका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । मौद्रिक नीति लगानीमैत्री र खुकुलो नभएर ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने उनकाे भनाइ छ ।
नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउन माग गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदा सफल कार्यान्वयन हुन आवश्यक रहेको बताए । उनले आर्थिक संवाहक निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।
अध्यक्ष अग्रवालका अनुसार व्यवसायीहरूले अहिले भएको व्यवस्थामा लगानी गर्ने र छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितता प्रभावकारी नहुने अवस्था रहेको छ । उनले लगानीको वातावरण सुनिश्चित गर्नका लागि कम्तीमा १० वर्ष ऐन, नीति, नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया