भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आन्दोलनको घोषणा
काठमाडौं । लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरुमा भन्सार महसुल र भन्सार राजश्व संकलनमा भन्सार एजेन्ट सो सरह काम गर्दै आएका भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नु पर्ने माग राखिएको छ । हालै आएको संशोधित भन्सार ऐन २०६४ र नियमवली २०६४ले सो भन्सार प्रतिनिधिले काम गर्न व्यवस्था नै खारज गरेको हुँदा देशभर कार्यरत तीन् सय बढी भन्सार प्रतिनिधिहरु बेरोजगार भएको हुँदा राजयले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले माग राखेका हुन् ।
पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केहि सुनुवाई नभएको हुँदा बाँध्य भएर आन्दोलनमा जानु पर्ने कुरा संघका अध्यक्ष उमेश अधिकारीले बताए । राज्यको नीतिले गर्दा २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरु कामकाज गर्नबाट बन्चित भएकाले प्रतिनिधिहरुसंग आश्रित परिवार समेत मारमा परेको उनले बताए । आन्दोलनको कार्यक्रम सफल पार्न भन्सार प्रतिनिधि खड्गबहादुर कार्की को संयोजकत्वमा ९ सदस्य संघर्ष समितसमेत गठन गरिएको छ ।
संघर्ष समितिका संयोजक कार्कीले विगत धेरै समयदेखि नै भोग्दै आएको दुख सम्झदै भने- 'म लगाएत मेरा सम्पूर्ण प्रतिनिधि साथीहरु धेरै पीडामा छन् ,भन्सार जाचपास प्रक्रियामा अनुभबी र दक्ष्य हुदा हुदै भन्सार विभागले हामी र हाम्रो पेशा लाई अन्य मुलुकले झैँ व्यवस्थित गरि भन्सार इजाजतपत्र प्रदान गर्नु पर्नेमा बिना कारण खाइपाई आएको पेशाबाट पनि वन्चित गर्नुले निकै मन दुखेको छ ।' धेरै पटक वार्ता गर्दा पनि विभागका महानिर्देशकले कहे सुनवाई नगरेको हुदा बाध्य भएर आइतबार देखि शान्तिपूर्ण आन्दोलन ,धर्ना तथा बिरोध कार्यक्रम गर्ने कार्कीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया