कति छ आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५६ पैसा कायम गरिएको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६३ पैसा र बिक्री दर १४३ रूपैयाँ २८ पैसामा काराेबार भएको थियो ।
उता अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा ताेकेको राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसामा काराेबार गर्ने अनुमति दिएको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसामा मंगलबार काराेबार हुनेछ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया