अर्थ / बाणिज्य

पर्यटनमन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे स्पष्‍टीकरण

इकागज |
असार १२, २०८० मंगलबार १२:३७ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिनको अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपू गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्त दिनेजस्ता कार्य गरेकोजस्ता आरोप लगाइएको छ ।


अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।

पोखरामा विमान दुर्घटना भएपछि इएनआर १.२ को विपरीत उडान विपरीत विभिन्‍न पाँच वटा उडान गरेको पनि पाइएको र  नियामक निकायको प्रमुख भएकाले यस्तो काम किन र कसरी भयो भनेर मन्त्री किरातीले सोधेका छन् ।

 

 


Author

थप समाचार
x