अर्थ / बाणिज्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाइने

इकागज |
असार १२, २०८० मंगलबार १२:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाउने भएका छन् । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भीडभाड नियन्त्रण गर्ने भन्दै बिदाइ र स्वागतका लागि यात्रुका तीन जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो । 

व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले पनि यो व्यवस्था लागू गर्नुपरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । 



Author

थप समाचार
x