अर्थ / बाणिज्य

नेपाल रेडक्रस र कोका—कोलाको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु

इकागज |
मंसिर ५, २०७७ शुक्रबार १३:२१ बजे

काठमाडौं । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान बिहीबारदेखि शुरु भएको छ । नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १ अर्ब ४० करोड रहेको छ । यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने छ । यो दोस्रो चरणको सामग्री वितरण अभियान माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुरु भएको नेरासो र कोका–कोलाले जनाएको छ । 


बिहीबार हस्तान्तरण गरिएका सामग्रीमा  १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् । सोहि अवसरमा नेरेसो र कोका—कोलाबाट उपलब्ध गराईएको सामग्रीहरु मन्त्री ढकालले सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रसका कार्यबाहाक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोका—कोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स् डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।  


त्यसैगरी आगामी दुईहप्ता भित्र सात प्रदेशका तोकिएका अस्पतालहरुमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान शुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने छ । उत्त सामाग्रहरु कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।  


Author

थप समाचार
x