नारायणगढ-मुग्लिङ सडकखण्डको पहिरो हटाउन दिनभर लाग्ने
भरतपुर । नारायणगढ - मुग्लिङ सडकखण्ड फेरि पनि अवरुद्ध भएको छ ।
तुइन खोला नजिकै आइतबार राति १२:१५ बजेको समयमा ठूलो पहिरो खसेर बाटो अवरुद्ध भएको छ । ठूलो पहिरो खसेकोले सफा गर्न समय लाग्ने प्रहरीले बताएको छ ।
ठूलाठूला ढुंगासहित पहिरो खसिरहेकाेले रातको समयमा पहिरो हटाउन कठिनाइ हुँदा अहिले बिहानदेखि पहिरो हटाउने काम सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया