अर्थ / बाणिज्य

गोसाइकुण्ड १ वडाअध्यक्षले सवारी पास खोसेपछि ट्रक महासंघले भन्‍यो- रसुवा नाकाबाट सहजै चीनतर्फ जान पाउनुपर्छ

इकागज |
असार २०, २०८० बुधबार १२:४० बजे

काठमाडौँ- नेपाल ट्रक व्यवसायी महासंघले विना अवरोध रसुवा नाकाबाट चीनतर्फ जान पाउनुपर्ने माग गरेका छन् । व्यवसायीले गृह मन्त्रालयलाई पत्र लेखि जिल्ला प्रशासन कार्यालय रसुवा, अध्यागमन कार्यालय र जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फ जानलाई सहजीकरण गरिदिन माग गरेका हुन् ।

जिल्ला बाहिरका चालक, सहचालक र मजदुरलाई रसुवा नाका हुँदै चीन तर्फ जानेलाई अध्यागमन विभागले पास उपलब्ध गराउँदै आएको छ । सोही पासको आधारमा मजदुरहरूले चीनतर्फ जान पाउने गरेका छन् ।


केही दिनअघि गोसाइकुण्ड गाउँपालिका १ का अध्यक्ष उर्गेन तामाङले अभ्रद व्यवहार गर्दै ३० जना मजदुरको पास खोसिदिएका थिए । यतिखेर विभिन्न जिल्लाबाट पुगेका मजदुरहरू अलपत्र परेको पत्रमा बताइएको छ ।

सो विषयमा सम्बन्धित निकाय तथा स्थानीय प्रशासन उजुरी गर्दा कुनै चासो नदिएकाले समस्यामा परिएको व्यवसायीले गुनासो गरेका छन् ।

 

 

 

 

 


Author

थप समाचार
x