अर्थ / बाणिज्य

अर्थतन्त्र सुधारमा सघाउन अध्यक्ष ढकालद्वारा आइएमएफलाई  आग्रह

इकागज |
असार २२, २०८० शुक्रबार २१:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् । 

आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उनले  विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन् । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् । 


सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिएको थियो । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए । 

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्त्वका साथ लिएको बताए । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाए । रासस


Author

थप समाचार
x