अर्थ / बाणिज्य

विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४४ रूपैयाँ बढी

इकागज |
असार २६, २०८० मंगलबार ७:२१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ।

युरो एकको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा कायम गरेको छ ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ तथा  बिक्री दर १३२.६९ रुपैयाँ रहेको थियाे, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँमा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९६ रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर  १० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ ।


Author

थप समाचार
x