अर्थ / बाणिज्य

कुमारी बैंक लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडबीच सम्झौता

इकागज |
असार २७, २०८० बुधबार ११:१५ बजे

काठमाडाैं । कुमारी बैंक लिमिटेड र वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडबीच एक सहमति भएको छ । कुमारी बैंक लिमिटेडका वल्ड लिंक कम्युनिकेसनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड लिंक कम्युनिकेसनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५ प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न लाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट मोबाइल बैकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड बाट भुक्तानी गर्नुपर्ने छ। 


डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत वर्ल्ड लिंक कम्युनिकेसनको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए=टि=एम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


Author

थप समाचार
x