रेड्मी १२ ः शाओमीको अत्याधुनिक प्रविधिसहितको स्मार्टफोन
काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरू प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुने बताइएको छ ।
रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको जनाइएको छ ।
लञ्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरू सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्मार्टफोनलाई पुन:परिभाषित गर्ने उद्देश्य राखेका छौँ ।’
उनले उक्त डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्ने विश्वास लिएका छन् ।
बजार उपलब्धता
रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र आठ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।
साथै यसमा एक टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।
६ जीबी + १२८ जीबी र आठ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः १७ हजार ९९९ रुपैयाँ र २० हजार ९९९ रूपैयाँ रहेको छ ।
रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया