Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

अर्थ / बाणिज्य

वर्षभरि नै दबाबमा रह्यो अर्थतन्त्र

इकागज |
साउन १, २०८० सोमबार ११:२८ बजे

काठमाडौँ- गत आर्थिक वर्षको सुरुवातदेखि नै दबाबमा रहेको देशको अर्थतन्त्र अर्थिक वर्षको अन्तिमतर्फ आइपुग्दा भने केही सुधारात्मक रहेको देखियो । अर्थतन्त्रका प्रमुख सूचकहरुमा मन्दी देखिएसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही कसिलो नीति लियो । तथापि वर्षको सुरुवातमा उक्त नीतिले पनि काम गरेन । 

देश आर्थिक संकटतर्फ गयो भनेर धेरै टिकाटिप्पणी भए । नेपाल पनि श्रीलंका जस्तो बन्ने भयो भन्दै धेरैले आशंका गरे । यसैबीच, बैंकको ब्याजदर निकै बढ्यो । ब्याजदर बढे पनि तरलता संकुचित बनिरह्यो र व्यवसायीहरूले ऋणसमेत पाउन सकेनन् ।


आर्थिक गतिविधिमा सुस्तता आउँदा आम मानिसको क्रय शक्ति घट्दै गयो । अर्थतन्त्रमा देखिएको मन्दीले नेपाली सेयर बजारलाई पनि बेस्सरी असर गर्‍यो । आर्थिक वर्ष अर्थात २०७८/७९ को अन्तिम कारोबार दिनमा नेप्से सूचक २००१.५३ विन्दुमा बन्द भएको थियो । 

आर्थिक वर्ष २०७९/८० को अन्तिम दिनमा अर्थात असार ३१ गते आइतबारसम्म आइपुग्दा नेप्से सूचक २०९७.०९ विन्दुमा बन्द भएको छ । यस आधारमा एक वर्षमा नेप्से सूचक ४.७७ प्रतिशतले मात्र बढेको देखिन्छ । यसबीचमा नेप्से सूचक १८०६ विन्दुसम्म झरेको थियो । यद्दपि, पछिल्लो समय अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भएसँगै नेप्सेमा पनि केही वृद्धि भएको हो ।

यो वर्ष विगत लामो समयदेखि अल्झिएको नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रक्रियाले भने पूर्णता पाएको छ । केही कम्पनीहरुले नयाँ आर्थिक वर्ष नलाग्दै कारोबार सुरु गरिसकेका छन् । केहीले भने अब नयाँ आर्थिक वर्षदेखि कारोबार सुरु गर्नेछन् । 
 


Author

थप समाचार
x