अर्थ / बाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

इकागज |
साउन २, २०८० मंगलबार ७:४८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एककोखरिद दर १४७ रूपैयाँ १३ पैसा र बिक्री दर १४७ रूपैयाँ ८० पैसामा खरिदबिक्री हुने भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँमा तथा युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँमा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २१ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६५ रुपैयाँ  क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ  ५० पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर  १० रूपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसामा कारोबार हुने जनाएको  राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ, मलेसियन रिंगिट  एकको खरिद दर  २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।


Author

थप समाचार
x