'सरकारले समयमै भुक्तानी नगर्दा विकास निर्माणको काम अघि बढाउन सकिएन'
काठमाडाैँ– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगर्दा आफूहरूले विकास, निर्माणको कामलाई अघि बढाउन नसकेको गुनासो गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्ताे गुनासाे गरेका हुन् ।
अध्यक्ष सिंहले पुरानो बिलहरूको समेत सरकारले भुक्तानी नगरेका कारण निर्माण व्यवसायीहरू बाउन्स चेकको कसुरमा जेल जानुपर्ने अवस्था आएको गुनासो गरेका छन् । साथै, उनले सरकार आफैँ विकास, निर्माणको काम अघि बढाउन गम्भीर नभएको आरोप समेत लगाएका छन् ।
उनले भने, ‘भुक्तानीमा आएको समस्याको कारणले प्रतीत पत्रहरू खोल्न बन्देज गरिएको र बैंकहरूमा तरलताको अभाव भएको कारणले हाम्रा आपूर्ति व्यवस्थाहरू अत्यन्तै कमजोर भयो । सप्लाई चेनहरू कमजोर हुने र राज्यले भुक्तानी गर्न नसकेकाे कुरा प्रमाणित तथ्यकै रुपमा अगाडि आएको छ । हामीले विगतमा गर्दै आएको काम हामीले ७० अर्बको दावी गर्दा २ खर्बको पूँजी गत खर्च असारमा भएको छ ।'
बैंकबाट भुक्तानी लिन नसकेकाे र चेक बाउन्स भएर प्रहरीले खोजिरहेको कुराकाे जानकारी गराउँदै उनले यस्तो अवस्थामा अभिभावक नेपाल सरकार पूर्वाधार विकासमा गम्भीर नभएकै कारणले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेकाे बताएका छन् ।
पूर्वाधार उद्योग भनेको उद्योगहरूको पनि उद्योग भएकाे र पूर्वाधार उद्योग चलायमान भयो भने २० लाखलाई वर्सेनि रोजगारी दिने यो पूर्वाधार उद्योग, कृषिपछिको सबैभन्दा बढि रोजगारी प्रदान गर्ने उद्योग भएकाे उनले जानकारी दिएका छन् । उनले थपे, 'निर्माण कम्पनीहरूलाई आर्थिक वर्षका सुरु देखि नै भुक्तानी गरि दिनु पर्छ ।’
अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण कतिपय निर्माण व्यवसायीहरू साइट जान नसक्ने, अफिसमा पनि जान नसक्ने अवस्थामा पुगेको स्मरण गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया