तारापुञ्ज रिसाेर्टकाे ५१ प्रतिशत शेयर एल्लाे प्यागाेडाले लियाे, नयाँ व्यवस्थापनका साथ सञ्चालन
चितवन– चितवनको भरतपुरस्थित तारापुञ्ज रिसाेर्टकाे ५१ प्रतिशत स्वामित्व हाेटल एल्लाे प्यागाेडाले लिएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा संचालित तारापुन्ज रिसोर्टकाे आधाभन्दा बढी शेयर होटल एल्लो प्यागोडाले खरिद गरेको हो ।
शेयर खरिदसँगै नामसमेत परिवर्तन गरिएकाे छ । एल्लो प्यागोडा होटलका अध्यक्ष अनिल राजभन्डारीका अनुसार सेयर खरिद गरेसँगै रिसोर्टको नाम परिवर्तन गरी एल्लो प्यागोडा होटल चितवन राखिएको छ ।
स्टार लेभलको सुविधासहित संचालन गरिने हाेटलकाे व्यवस्थापन पनि एल्लो प्यागोडाले नै गर्नेछ । नाम परिवर्तन गरेर नयाँ व्यवस्थापनमा आएसँगै पुँजी थप गरी २५ करोड पुर्याइने राजभण्डारीले बताए । काठमाडौँ जमल कान्तिपथबाट सेवा सुरु गरेको चेन एल्लो प्यागोडा होटलको दोश्रो शाखा पोखराको ड्यामसाइडमा रहेको छ भने भरतपुरमा संचालनमा आएको यो शाखा तेस्रो हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया