एक सय किलो सुन तस्करी प्रकरण : जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको छ ।
मंगलबारको क्याथे फ्यासिफिकको उडानबाट काठमाडौँ आएको उक्त सुन बुधबार भन्सार जाँच पास भएको थियो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको बताए ।
उक्त प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । 'तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया