अर्थ / बाणिज्य

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा, ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउँदै

इकागज |
साउन ८, २०८० सोमबार १०:५२ बजे

काठमाडौँ- सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ । 

आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ । साथै सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाइएको छ । 


महासंघका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरू पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।


Author

थप समाचार
x