यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएकाे छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रूपैयाँ रहेको थियाे । हिजाे अमेरिकी डलरकाे बिक्री दर १३१.४२ रूपैयाँमा भएकाे थियाे भने युरोपियन युरो एकको खरिद दर १४५.५४ रूपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रूपैयाँमा कारोबार गरिएकाे थियो । बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रूपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रूपैयाँ तथा क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९९ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रूपैयाँ ३० पैसामा खरिद बिक्री हुँदा दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्री दर १० रूपैयाँ २४ पैसामा कारोबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९ रुपैयाँमा काराेबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा काराेबार हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया