त्रिभुवन विमानस्थल भन्सार प्रमुखबाट पोखरेललाई हटाएर पाण्डेलाई दिइयो जिम्मेवारी
फाइल फोटो
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।
एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएको हो ।
गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले विमानस्थल प्रमुखको जिम्मेवारी पाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया