अर्थ / बाणिज्य

कुमारी क्यपिटल अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

इकागज |
साउन १०, २०८० बुधबार १२:४६ बजे

काठमाडौँ – कुमारी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस)मा आबद्ध भएको छ ।

यसका निम्ति कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


उक्त सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस  (एनपिआइ) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सकिनेछ ।

साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सक्नेछ । 

 


Author

थप समाचार
x