अर्थ / बाणिज्य

बागमती प्रदेशसमा घट्यो गाडी भाडा

इकागज |
साउन ११, २०८० बिहीबार १५:३ बजे

काठमाडौँ- बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो । 

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । 


नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । 


Author

थप समाचार
x