अर्थ / बाणिज्य

सिटिजन्स इन्स्याेरेन्सको आइपीओमा माग भन्दा बढी आवेदन

इकागज |
साउन १२, २०८० शुक्रबार ७:० बजे

काठमाडौ। सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।​ सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो ।

सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । 


यस्तै, सन नेपाल लाइफ इन्सुरेन्सको पनि आइपीओमा ३३ करोड १८ लाख १ हजार ३१० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (साउन ११ गते) बिहानसम्ममा २१ हजार ७६१ जनाले १३ लाख ८८ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४ गुणा बढी आवेदन हो । 

सन नेपालले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।


Author

थप समाचार
x