अहिलेका नाम चलेका व्यापारीहरू २०५५ सालमै ‘तस्कर’ (सूचीसहित)
काठमाडौँ- नेपालमा नाम चलेका नामुद व्यापारी तथा उद्योगपतिहरू संसद्ले गठन गरेको संयुक्त समितिको अनुसन्धानको घेरामा परी ‘राजस्व चुहावट र तस्करीमा संलग्न व्यक्तिहरूको विवरण’ मा उल्लिखित छन् भन्दा अचम्म लाग्ला ।
गत साता एक क्वीन्टलभन्दा बढी सुनसहित पक्राउ परेपछि यतिखेर तत्कालीन सांसद परी थापाको प्रतिवेदन ‘राजस्व चुहावटको छानबिनसम्बन्धी संसदीय संयुक्त समितिको प्रतिवेदन, २०५५’ चर्चामा छ ।
विमानस्थलबाट अवैध सुनको आयात, राजस्व चुहावट अत्यधिक भएपछि तत्कालीन प्रतिनिधि सभा बैठकमा हल्लीखल्ली मच्चिएको र राष्ट्रिय सभाबाट समेत प्रतिनिधित्व हुने गरी उक्त संयुक्त समिति २०५५ वैशाख २२ गते गठन भएको थियो ।
तत्कालीन प्रतिनिधि सभा सदस्य परी थापाको सभापतित्वमा गठित उक्त समितिमा नेपाली कांंग्रेसबाट डा. गंगाधर लम्साल र रमेश रिजाल, एमालेबाट खगराज अधिकारी र युवराज ज्ञवाली, राप्रपाबाट चन्दा शाह र डा. मोहम्मद मोहसिन, मालेबाट टंक राई र नेमकिपाबाट नारायणमान विजुक्छे सदस्य थिए ।
समितिले अध्ययन, विश्लेषण, छानबिन गरी प्रतिवेदन तयार गर्दा समितिको बेठक ७४ पटक बसी जम्मा १२५ घण्टा व्यतीत गरेको थियो । सोही प्रतिवेदनमा अहिले नाम चलेका नेपालका व्यापारीहरूको नाम पनि ‘राजस्व चुहावट र तस्करीमा संलग्न’ भनी उल्लेख छ । इकागजलाई प्राप्त उक्त प्रतिवेदनमा तस्करीमा संलग्न व्यक्तिहरू यी हुन् :
क. राजस्व अनुसन्धान विभागबाट प्राप्त अवैध निकासी पैठारी गरी राजस्व चुहावट कार्यमा संलग्न भनी नियमित आइरहने व्यक्तिहरूको विवरण :
- अनिल जाटिया
- प्रकाश बेगानी
- शंकर गोल्यान
- आई.एल. प्रधान (विदेशी मुद्रामा कारबाही अदालतमा चलाइएको)
- टेकबहादुर गुरुङ (विदेशी मुद्रामा कारबाही अदालतमा चलाइएको)
- जमीम शाह
- ताहिर शाह
- दीपक मल्होत्रा
- प्रकाश टिवडेवाला
- विष्णु जोशी
- धोजेन्द्र गौचन
- विष्णु गौचन
- छविलाल भुषाल
- अशोक सुरेखा
- हरि न्यौपाने
- दीपक स्वाँर
ख) बेनामी कारोबार गर्नेहरूको विवरण (स्रोत : राजस्व अनुसन्धान विभाग)
- आनन्दकुमार अग्रवाल, ब्राइटर इण्डष्ट्रिज प्रा.लि.
- प्रकाशकुमार टिवडेवाला, रोयल ग्रीन इन्टरनेशनल
- मदनप्रसाद सरावगी, विसाखा कार्पेट प्रालि
- अनिलकुमार शर्मा, शर्मा श्री इन्टरप्राइजेज
- गौरीशंकर खनाल, निमेश ट्रेड प्रा.लि.
- रमेश अग्रवाल, आर.के. इम्पेक्स
- हरि अग्रवाल, पदम ट्रेडिङ
ग. राजस्व चुहावट र तस्करी कार्यमा संलग्न भएको र हुन सक्ने भएका मुख्य मुख्य फर्म तथा व्यक्तिहरूको विववरण (स्रोत : राष्ट्रिय अनुसन्धान विभाग)
- आनन्द अग्रवाल- ब्राइटर कार्पेट, ब्राइटर फोम इण्डष्ट्रिज
- प्रकाश टिवडेवाला- प्रकाश फोमका सञ्चालक, कामनपा ३१
- मदन प्रसाद सरागवी- विसाखा गार्मेन्ट, कामनपा २३
- हरिशंकर खनाल- जनकपुर नपा–९, कामनपा–७, मैजुबहाल
- हरि अग्रवाल- पदम ट्रेनिङ प्रा.लि., विराटनगर
- वनवारी लाल मित्तल– काठमाडौँ, मित्तल एण्ड कम्पनी
- चौथमल जटिया, निरञ्जन जटिया- अन्नपूर्ण टेक्सटायल
- सुवास संघाई-, अन्नपूर्ण भेजिटेबल, त्रिवेणी सिन्थेटिक
- जगदीश अग्रवाल- विशाल इन्टरप्राइजेज, विराटनगर
उक्त प्रतिवेदनको अनुसूची ७ मा यी व्यक्तिहरूको विवरण उल्लेख छ । यिनीहरूले कहाँ, कसरी तस्करी र राजस्व चुहावट गरेका विवरण राखिएको छ । प्रतिवेदनमा ‘राष्ट्रिय अनुसन्धान विभागबाट राजस्व चुहावट र तस्करीसम्बन्धी सूचना संकलन गरी श्री ५ को सरकार गृह मन्त्रालयमा सम्प्रेषण गरेको विवरण देहायअनुसार छन्’ भनिएको छ ।
सुवास संघाई :
- निजका अन्नपूर्ण भेजिटेबल प्रोडक्सन प्रा.लि., त्रिवेणी सिन्थेटिक प्रोसेसिङ –बारा), रेन्वो कलर ल्याब –न्यूरोड, काठमाडौँ) रहेको
- निज संघाईले काठमाडौँ इन्द्रचोक (धाराचोक) मा ऋद्धिसिद्धी नामक फर्म सञ्चालन गरी उक्त फर्ममार्फत झिकाइएका विभिन्न सामानहरू, काकडभिट्टा मेची भन्सारको बाटो गरी भन्सार छली वा कम भन्सार तिरी विर्तामोड, विराटनगरसम्म पु¥याउने गरेको । यसरी सामानहरू आयात गर्दा भारतबाट आयात हुने कोइलाको ट्रकभित्र टि.भी, डेक, फ्रिज जस्ता सामानहरू लुकाई छिपाई ल्याउने गरेको ।
जगदीश अग्रवाल :
- निजको विशाल इन्टरप्राइजेज नामक फर्म विराटनगर उपमहानगरपालिका–९ मोरङमा रहेको । तेस्रो मुलुकबाट विदेशी मुद्राद्वारा खरिद गरी ल्याइएका तामा पित्तलहरू टंकिसिनवारी, बाँसवारीस्थित कमला आइन फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको गोदाममा राखी त्यहींबाट भारततर्फ अवैध तरिकाले निकासी गर्ने गरेको ।
- त्यस्तै टंकिसिनवारी, बाँसबारीस्थित कमला आइरन फ्याक्ट्रीको हाताभित्र रहेको गोदाममा भन्सार छली ल्याइएका व्यरिङ, मेसिनरी पार्टस् र गाडीहरू समेत राख्ने गरेको र मौका पाउनासाथ काठमाडौंतर्फ ल्याउने गरेको । यस किसिमको कारोबार निजका भाई तुलसी अगूवालसमेतको संलग्नतामा हुने गरेको ।
हरि अग्रवाल :
- निजको पद्म ट्रेडिङ प्रा.लि. (विराटनगर, मोरङ) रहेको । काठमाडौँ महानगरपालिका नयाँ सडकस्थित धाख्वा हाउस, सुवर्णलाल श्रेष्ठको घरमा पद्म ट्रेडिङ प्रा.लि.को कार्यालय सञ्चालन गरिएको र प्लाष्टिकको झोला उत्पादन गर्ने निजको पद्म ट्रेडिङ प्रा.लि.को कारखाना विराटनगरमा सञ्चालनमा रहेको
- करिब १० ११ जनाको संयुक्त लगानीमा काठमाडौंमा सिद्धार्थ ट्याक्सी सर्भिस समेत सञ्चालन गर्दै आएका निज हरि अग्रवाल २०५३ सालको एलसी काण्डमा कारबाहीमा समेत परिसकेका ।
आनन्द अग्रवाल
- काठमाडौँ महानगरपालिकाको वडा नं. ३१, कमलपोखरी निवसी निज अग्रवाल ब्राइटर कार्पेट इण्डष्ट्रिज –कामनपा–३५, कोटेश्वर), ब्राइटर टुथपेष्ट, ब्राइटर फोम, कम्फोर्ट सुजको कारखाना ( ठिमी, भक्तपुर) का सञ्चालक रहेका । आयात निर्याको काम समेत गर्ने गरेका निज अग्रवाल २०५३ सालको एलसी काण्डमा परी केही समय फरार समेत भएका ।
प्रकाश टिवडेवाला :
- काठमाडौं महानगरपालिका वडा नं. ३१, ब्लक नं. २/७०६–४ बागबजार बस्ने निज टिवडेवालाले सोही वडा नं. ३१ मा प्रकाश फोम सञ्चालन गरिरहेका, निजका भाई दीपकुमार टिवडेवाला समेतको संलग्नतामा काठमाडौं मनपा, भेडासिंगमा न्यू प्रकाश फर्निसर्स नामको पसल समेत सञ्चालन गर्दै आएका प्रकाश टिवडेवालाले मिति २०५३ सालदेखि इजाजत नलिईकन आयात निर्यातको काम समेत गर्ने गरेको भन्ने बुझिएको । निज २०५३ सालको एल.सी काण्डमा कारबाहीमा परेको ।
वनवारीलाल मित्तल :
- निजको मित्तल एण्ड कम्पनी –काठमाडौ.) नामक फर्म रहेको । भारतीय कपडाको थोक तथा खुद्रा व्यापारी । भारतीय सिमेन्ट र कपडाको आयातकर्ता र ‘क’ श्रेणीका ठेकेदार । निजले आफ्नो कारोबार सम्बन्धी आयकर निर्धारण गराउँदा कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी कम आय निर्धारण गराउन लगाई राजस्व चुहावट गर्ने गरेको भन्ने बुझिएको ।
मदनप्रसाद सरावगी :
- भक्तपुर बालकोटमा सञ्चालित फ्लोरा कार्पेट र विशाखा गार्मेन्ट सञ्चालक । काठमाडौं महानगरपालिका भेडासिंगस्थित घर २०५२ सालदेखि भाडामा लगाई अन्यत्र बस्ने गरेको । २०५३ सालको प्रतीत प घोटाला कारबाहीमा समेत परेको व्यक्ति ।
गौरीशंकर खनाल :
- जनकपुर नगरपालिका–९, हाल कामाडौं मञ्जुबहाल निवासी ।
- करिब २९ वर्ष रा.वा. बैंकमा नोकरी गरी २०४९ साल पौष महिनामा अवकाश भएका गौरीशंकर खनाल २०५३ सालका प्रतीत पत्र घोटाला काण्डमा मिति २०५३/३/४ गते प्रहरीले पक्राउ गरी ३/५ गते राजस्व अनुसन्धान विभागमा पठाइएकोमा प्रहरीको पत्र नबुझी निजलाई छाडेको बुझिन्छ ।
- निजको भाई विश्वमणि उपाध्याय खनाल प्रहरी एस.पी. भएको र डा. अञ्जनीकुमार शर्मा गौरीशंकर खनालको जेठान भएको हुँदा निजहरूको सहयोगमा निजलाई प्रतीत पत्र घोटाला काण्डमा संलग्न नभएको भनी राजस्व अनुसन्धान विभागबाट छाडेको भन्नेसमेत बुझिन्छ ।
अन्नपूर्ण टेक्सटायल :
- बारा जिल्लाको परसौनीस्थित अन्नपूर्ण टेक्सटायल, शुभकरण जाटिया, शिवकुमार जाटिया, रमेशकुमार जाटिया, मुनदेवी जाटिया लगायत चौथमल जाटियाको साझेदारीमा सञ्चालन भएको । सिन्थेटिक पोलिष्टर कपडाहरू उत्पादन गर्ने उक्त कारखानाबाट उत्पादित भएका कपडामध्ये ५० प्रतिशतभन्दा बढीको अन्त:शुल्क राजस्व चुहावट भइरहेको ।
राजेन्द्र कावरी, विमल अग्रवाल :
- काठमाडौं नयूरोडमा रहेको टिपटिप टेलर, विवेक टेलर रहेको घरको पहिलो तल्लामा कागजको कारोबार गर्ने भनी राजेन्द्र कावरी र विमल अग्रवालले ‘सौरभ इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका । सो इन्टरप्राइजेजले कागजका अलावा अवैध रुपमा सुन, चाँदी, विभिन्न प्रकारका औषधि, इलेक्ट्रोनिक सामान एवं डलरको समेत कारोबार गर्ने गरेको ।
विनोदकुमार मित्तल :
- अवैध क्रियाकलापमा संलग्न रहँदा आएका का.म.न.पा वडा नं. २५ शुक्रपथस्ति प्रमोद भिडियो पसलका मालिक विनोदकुमार मित्तलले ब्ल्यू फिल्महरू भारतको दिल्लीबाट ल्याई काठमाडौंको खिचापोखरीमा रहेको क्यसेट पसलबाट डबिङ गरी विभिन्न भिडियो ल्यबमा सप्लाई गर्ने गरेको थाहा हुन आएको छ । सो पसलामा ल्याइने भिडियो क्यासेटहरू केही मात्रामा नेपाल प्रवेश गराउँदा भन्सार छली ल्याउने रेको ।
महन्द्र पिया, सूर्यबहादुर श्रेष्ठ :
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूसँगको मिलेमतोमा तेस्रो मुलुकबाट सुन, चाँदी, घडी, बेरिङका सामान, कम्प्युटर पार्टस्, टि.भी, भिडियो डेक, फ्रिज आदि नेपाल प्रवेश गराई स्थलमार्गद्वारा भारत पठाउने काममा पुतली प्लाजा बस्ने महेन्द्र पिया र ठमेल भगवानवहाल बस्ने सूर्यबहादुर श्रेष्ठ क्रियाशील रहँदै आएका ।
हुलास स्टिल इण्डष्ट्रिज, हिमाली पाइपको प्रा.लि.
- बारा जिल्ला पिपरा सिमरा गाविसमा गोल्छा अर्गनाइजेनद्वारा सञ्चालित हुलास स्टिल इण्डिष्ट्रिज र हिमाली पाइपको प्रा.लि.को आफ्नो उत्पादन कम देखाउनुको साथै त्यहाँ उत्पादित वस्तुको कारखाना मूल्य समेत कम देखाई बिक्री कर चुहावट गर्ने गरेको ।
- अलावाा डलर, सुन, चाँदी, हुण्डीको अवैध कारोबारमा संलग्न रहँदै आएका हरि न्यौपानेले न्यूरोड पाको, विश्व न्यौपानले रणमुक्तेशवरस्थित फ्रेस हाउस नजिक एवं रमाकान्त अग्रवाल, मधु अग्रवाल, सुनिल अग्रवाल आदिले का.म.न.पा. वडा नं. २४ वटुमा अफिस नै खडा गरेर यस प्रकारको अवैध धनन्दा सञ्चालन गर्दै आएका ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया