अर्थ / बाणिज्य

१७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार

इकागज |
साउन १६, २०८० मंगलबार १५:१५ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कूल १७ खर्ब ८६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९/८० मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिए ।


उनले गत आर्थिक वर्षमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताए । नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको उनको भनाइ छ ।

उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको बताए ।

सचिव मरासिनीले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताए ।

बैठकमा मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका मुख्य कामहरू र भावी योजनाका विषयमा समितिलाई जानकारी गराएको हो । 


Author

थप समाचार
x