अर्थ / बाणिज्य

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

इकागज |
साउन १८, २०८० बिहीबार १४:५ बजे

काठमाडाैँ – चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा सञ्चालनमा आएको छ ।

एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको उपस्थितिमा साउन १७ गते उक्त शाेरुम उद्घाटन भएको हाे ।


एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङको पनि व्यवस्था रहेको छ ।

काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम सञ्चालन गरिएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी पनि लिन सकिने छ ।

यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने छ । 

यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।


Author

थप समाचार
x