अर्थ / बाणिज्य

निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : अध्यक्ष ढकाल

इकागज |
साउन १८, २०८० बिहीबार १८:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन् ।

बिहीबार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको जिकिर गरे ।


ढकालले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्ने गरी आउन नसकेको बताए । उनले भने, ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्ने गरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ । निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ ।’

उनले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए ।


Author

थप समाचार
x