अर्थ / बाणिज्य

महोत्तरीको रातु नदीमा आएको बाढीले बस्ती जोखिममा, धान खेतबाट बग्न थाल्याे खाेला

इकागज |
साउन २३, २०८० मंगलबार १२:५ बजे

महोत्तरी। सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटीय क्षेत्रका कतिपय उर्वरभूमि डुबानमा परेका छन् भने बस्तीसमेत जोखिममा परेकाे छ। पानीको सतहमाथि आएपछि बर्दिबासस्थित पाटुमा खोला नै धान खेतबाट बगेको छ ।

क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्वर क्षेत्रमा ठूलाे नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ । नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सजग रहन सचेत गराएका छन् ।


चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन्   ।

बर्दिबास, बल्वाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, संग्रामपुर, कविलाशा, दोस्तिया, हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुबानमा परेकाे पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ ।

बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरे विज्ञ नागदेव यादवले बताए । रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन् ।


Author

थप समाचार
x