सुनको भाउ घट्यो
काठमाडौँ- सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया