अर्थ / बाणिज्य

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री महत

इकागज |
साउन २६, २०८० शुक्रबार १४:५३ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने उल्लेख गरे । महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागे पनि दूरगामी महत्वको रहेको उनकाे भनाइ छ ।


अर्थमन्त्री​ महतले नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थिरता दिन सक्ने धारणा राखे । ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उनले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे ।

उनले सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गरे । 


Author

थप समाचार
x