अर्थ / बाणिज्य

मुगुमा दिउँसो १२ बजेपछि उडान नहुँदा बिरामीलाई सकस

जहाज उड्ने आशामा हप्तौंसम्म विमानस्थलमा अलपत्र यात्रु

इकागज |
साउन २६, २०८० शुक्रबार १८:५० बजे

काठमाडौँ- मुगु जिल्लाको ताल्चा विमानस्थलमा केही महिनाका लागि १२ बजेपछि हवाई उडान बन्द गरिँदा बिरामी लगायत जरुरी कामले जिल्ला बाहिर जाने यात्रुलाई सकस भएको छ । मुगु लगायत कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा लगायतका जिल्लामा मौसमको खराबीका कारण नागरिक उड्डयन कार्यालयले १२ बजेपछि हवाई उडान असुरक्षित हुने भनेर हवाई सेवा बन्द गरेपछि सर्वसाधारण प्रभावित भएका हुन् ।

कर्णालीका विमानस्थलहरूमा प्राय: जसो मौसम खराबीका कारण १२ बजेभन्दा अघि हुस्सु र कुहिरोले ढाक्ने १२ बजेपछि बिस्तारै कुहिरो हटेर आकास खुला भएपछि नागरिक उड्डयन प्राधिकरणको नियम लागू हुने गरेका कारण वर्तमान अवस्थामा जहाजमा उड्ने आशाले हप्तौंसम्म यात्रुहरू विमानस्थलमा अलपत्र परेको यात्रुहरूको दुखेसो छ ।


मौसम खराबीकै कारण यति बेला बाढी र पहिरोको डरले कच्ची सडकको यात्रा भन्दा हवाई यात्रा सुरक्षित ठान्ने अस्पतालले रेफर गरेका लगायत जटिल केशका बिरामी लगायत दर्जनौं यात्रुहरू यति बेला ताल्चा विमानस्थलमा मौसम खुल्ला र जहाज आउँला भन्ने आशामा विमानस्थलमा कुरेको हप्तौं भैसक्यो जहाज चढ्न पाएका छैनन् ।

वर्षाको सिजनमा कर्णालीवासीलाई सडक तथा हवाई सेवा भएर पनि बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकि मृत्यु वरण गर्नु पर्ने र महत्वपूर्ण कामका लागि समयमै गन्तव्यमा पुग्न नसकेर विभिन्न अवसरहरू समेत गुमाउनु पर्ने मुगुका नागरिकहरूको नियति बन्ने गरेको दुर्गमवासीहरूको दुखेसो छ ।


Author

थप समाचार
x