अर्थ / बाणिज्य

रिद्धिसिद्धि सिमेन्टको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर’ छात्रवृत्तिको कार्यक्रम सम्पन्न

इकागज |
साउन २८, २०८० आइतबार १५:३६ बजे

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि आयोजना गरेको ' मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एयर २०८०' को छात्रवृत्ति कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।

छात्रवृत्ति कार्यक्रममा कुल एक सय नौ जना विद्यार्थीहरू सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि। ले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ ।


यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी  डौफिन राईका मगरलाई सम्मान स्वरूप नगद १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा अनुगमन निकाय अन्तर्गत जिल्ला शिक्षा इ​काई  समिति, हेटौँडा उप महानगरपालिका– ५ को समन्वयमा स्थान उपलब्ध गराएका पिप्ले युवा क्लब तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरूलाई  प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

यसका साथै विद्यार्थी, अभिभावक, विद्यालयका प्रधान अध्यापक, शिक्षक वर्गहरूको उल्लेखनीय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिकरुपमा पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई तीन हजार पाँच सय रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ साथै सान्त्वना स्वरुप थप आठ जना विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरू चुनिने छन् । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरूको नतिजा यही भाद्र १ गते शुक्रबार कम्पनीको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा प्रकाशित गरिनेछ ।


Author

थप समाचार
x