अर्थ / बाणिज्य

रोयल इनफिल्डको ‘लेडी राइडर्स मिट’

इकागज |
साउन २९, २०८० सोमबार ८:२५ बजे

काठमाडाैं । विश्वमा सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक कम्पनी, रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘लेडी राइडर्स मिट’ कार्यक्रम आयोजन गरेको छ । कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागिता भएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य श्रावणमा मेहंदी संस्कृति संरक्षण प्रवर्धन गर्नु थियो । 

साउन २६ गते दिउँसो २ बजे देखि रोयल इनफिल्डको नक्साल शोरूममा सुरु भएको यो कार्यक्रममा महिला राइडरहरूका लागि साउनको सांस्कृतिक महिना मनाउन मेहन्दी कार्यक्रम आयोजना गरिएको थियो, जहाँ राइडरहरूको इच्छा अनुसार मेहन्दी कला प्रदर्शन गर्न पेशेवर मेहन्दी कलाकार नियुक्त गरिएको थियो । मेहन्दी कार्यक्रम पछि महिला राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । 
 


उनीहरुलाई टेस्ट राइडसमेत गराइएको छ । टेस्ट राइडको अनुभव प्राप्त गरेपछि महिला राइडरहरुलाई कम्पनीको तर्फबाट बिदाइ गरिएको थियो । सहभागी महिला राइडरहरुलाई कम्पनीका प्रतिनिधि कल्पना भण्डारी, प्रविना ढुंगाना र अनुज मल्लले स्वागत–सत्कार गरेका थिए ।
 


Author

थप समाचार
x