अर्थ / बाणिज्य

एभरेष्ट बैंकको ' एभरेष्ट फेस्टिभ बोनान्जा २०८० ' को सुरुवात

इकागज |
भदौ १, २०८० शुक्रबार १२:५८ बजे

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरू तीज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि ' एभरेष्ट फेस्टिभ बोनान्जा २०८० ' को सुरुवात गरेको छ।

भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ।


बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशत ( %) को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ। सवारी कर्जा १०.९९ % को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० % सम्म बैंक फाइनान्स रहने छ।

साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ। 

तीन महिनाको लागि लागु हुने ' एभरेष्ट फेस्टिभ बोनान्जा २०८० ' मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० % को प्रिमियम दरमा उपभोग गर्न सकिने छ। साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावहरूलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरेका छन्। 

बैंकले देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आफ्ना १२७ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ। 

 


Author

थप समाचार
x