रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो, एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब
काठमाडौँ- नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया