अर्थ / बाणिज्य

आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?

इकागज |
भदौ ११, २०८० सोमबार ७:२६ बजे

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।


अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा  बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर  १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८.१७ पैसा  विक्रीदर ४३०.१२ पैसामा काराेबार गर्न सकिनेछ ।

 


 


Author

थप समाचार
x