अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

इकागज |
भदौ १३, २०८० बुधबार ८:५७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९३ रुपैयाँ र बिक्री दर ८५.३१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८.९९  रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ३ पैसा भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा कायम भएको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा काराेबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ र बिक्री दर ३५.३६  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँमा खरिदबिक्री गर्ने अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.१३ पैसा  विक्रीदर ४३०.८ पैसामा काराेबार हुनेछ ।

 


 


Author

थप समाचार
x