कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा कायम हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा खरिदबिक्री गर्न पाइनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएको छ ।
साथै कुवेती दिनार १ को खरिदमूल्य ४२८.६४ पैसा विक्रीदर ४३०.५८ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया