स्कोडाको गौरवपूर्ण मोटरस्पोर्ट विरासतप्रति समर्पित कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपालमा
काठमाडौँ – युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ ।
चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको एक शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ ।
एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ । यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको छ । तपाईंले मोन्टे कार्लोमा स्पोर्ट र्यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्नेछन् । ’
नयाँ कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरू रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । नयाँ स्कोडा कुशाक ‘मोन्टे कार्लो’ दुईवटा आकर्षक कलर ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ ।
साथै ग्रिल, ‘ओआरभिएम’ र अन्य भागलाई ‘स्पोर्टी’ देखाइएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित एक लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ जसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ ।
नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को ७१ लाख ९० हजार रुपैयाँ र ‘अटोमेटिक ट्रान्समिसन’को रु ७९ लाख ९० हजार रुपैयाँ राखिएको छ ।
नयाँ कारमा स्कोडा ‘अक्टाभिया आरएस २४५’को जस्तो डिजाइन १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को ‘फिनिस’ दिइएको छ ।
स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ ।
सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरू उपलब्ध छन् ।
यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ । स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथलीस्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया