अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

इकागज |
भदौ २०, २०८० बुधबार ९:२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरूको मुद्रा विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।


अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा काराेबार हुनेछ ।

साथै अरबियन मुलुकहरू मध्ये कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३६ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा कायम भएको छ भने कोरियन वन १०० को ९ रुपैयाँ ९३ पैसामा र जापानी येन १० को ९ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।


Author

थप समाचार
x