वात्सल्य क्लिनिक साताैँ वर्षमा प्रवेश
काठमाडाैँ – नेपालमा आधुनिक आई.भी.एफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य क्लिनिक आज श्री कृष्ण जन्माष्टमीको दिनमा साताैँ वर्षमा प्रवेश गरेको छ।
वात्सल्य आई.भी.एफले ३ हजार भन्दा अधिक दम्पतीलाई आई.भी.एफ विधि मार्फत सन्तान प्राप्ति को खुशी दिएको बताइएकाे छ ।
हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई.भी.एफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ ( ३०००ं आई.भी.एफ , १८००ं आई. यू. आई. २२००ं ) नेचुरल प्रेग्नेन्सी गरिसकेको बताइएको छ।
निस्सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्धति सँग पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरूको अभुव छ।
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरूबारे जनचेतना जगाउने र उच्च आई। भी। एफ। सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ ।
आगामी केही दिनहरूमै आफ्नो शाखाहरू अन्य ठाउँहरूमा पनि विस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया