अर्थ / बाणिज्य

कोशी अस्पतालले सुरु गर्‍यो 'नयाँ अस्पताल एप' मार्फत सेवा

इकागज |
भदौ २५, २०८० सोमबार १४:१० बजे

काठमाडौँ– कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ 'मोबाइल  अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।  

उक्त एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बूकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् । 


यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने अस्पतालले जनाएको छ । 

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


Author

थप समाचार
x