अर्थ / बाणिज्य

नेपाल टेलिकमद्वारा तीजको लहर टिकटक च्यालेन्ज सञ्चालन

इकागज |
भदौ २५, २०८० सोमबार १७:४१ बजे

काठमाडाैँ – नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।

नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत  टेलिकमकै तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जनाएकाे छ । 


सो च्यालेन्ज भाद्र २४  देखि आगामी असोज ७ गते सम्ममा सहभागी हुन सकिने बताइएकाे छ । 

विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको र यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने कम्पनीले जनाएकाे छ । 

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई  ५०० रुपैयाँको टप अप प्रदान गरिने बताइएकाे छ । 

नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जनाएकाे छ ।

यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा समेत रहेकाे छ । 


Author

थप समाचार
x