अर्थ / बाणिज्य

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

इकागज |
भदौ २६, २०८० मंगलबार १२:१६ बजे

मुग्लिन-पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।    
    
पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले भने ।



Author

थप समाचार
x