यामाहाको नयाँं शोरुम कौशलटारमा
काठमाडौँ – नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ ।
यस शोरुममा बेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ ।
यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरू प्राप्त गर्न सक्नेछन् ।
यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले भने, ‘ हामी कौशलटार भक्तपुरमा हाम्रो यामाहा व्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित छौँ । यो सबैभन्दा ठुलो र सुविधाजनक शोरूम मध्ये एक हो । बाइक प्रेमीहरूलाई यस शोरुमले यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपरिअल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया