सुन तस्करी प्रकरण : यसरी हुने गर्थ्याे हङकङदेखि नेपाली बजारमा लेनदेनकाे कारोबार
काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएके ६० किलो सुन तस्करीको कारोबार कसरी हुन्थ्यो भन्नेबारे धेरैलाई अहिले चासो हुक्छ । हङकङबाट तस्करी गरि ल्याइएको काँचो सुन काठमाडौं गालेर भारत तथा नेपालका विभिन्न सहरहरुमा विक्री वितरण हुने गरेको पाइएको छ ।
यसमा हङकङमा पठाउनेदेखि सुन किन्नेहरु बीच आर्थिक कारोबार अधिकांश डिजिटल मनीबाट पेमेन्ट हुने गरेको सिआइबीले गरेको अनुसन्धानबाट खुलेको छ ।
६० केजी सुन तस्करका गिरोहले हङकङ देखि नै कोड नम्बरको प्रयोगबाट सुन तस्करी गर्ने गरेको सिआइबीको अनुसन्धानबाट खुलेको हो । उनीहरुले नेपाली वा भारतीय कसनै नोटको नम्बरलाई आफ्नो कोड नम्बर बनाएर सुन तस्करी गर्ने गरेका थिए ।
हङकङबाट सुन पठाउनेले नै एउटा नोट दिएर त्यसको नम्बरलाई कोड मानेर सुन तस्करी हुने गरेको पाइएको सिआइबीको दाबी छ । ‘हङकङको मान्छेले त्यो नोट पठाउँछ । त्यो लिएर आउनेसँग भेरिफाई गर्छ अनि मात्रै डेलिभरी हुन्छ ।’ सिआइबीका अधिकारीले पत्रकार सम्मेलनमा भने ।
‘सुन पगाल्ने, सुन वितरण गरेपछि डाइरेक्ट रुपमा उनीहरुले रकम थोरै पाउने गर्दथे जसले सुन रिसिभ गर्न जान्थे । बाँकी डिजिटल मनीबाट पेमेन्ट हुन्छ सिधै हङकङमा ।’ सिआइबीका अधिकारीले भने ।
विभिन्न संरचनाबाट पेमेन्ट हुने गरेको पाइएको हो । यो संगठित अपराध भएकाले विभिन्न सर्कल रहेको सिआइबीले जनाएको छ ।
आर्थिक कारोबारका लागि या फसिङ मुख्य पात्र हुन् । सुन तस्करी प्रकरणमा यिनको पनिे लगानी रहेको देखिएको सिआइबीले जानकारी दियो । उनले सुमन खरेल भन्ने व्यक्तिलाई प्रयोग गरेका छन् । उनी नेपाली हुन् । उनले आफैले बजार खोजेर सुमनलाई सुन बेच्न लगाएको देखिन आउँछ ।
उनले सुन शिवकुमारलाई दिन्छन् । शिवकुमार बारामा सुनचाँदीको व्यवसाय गर्छन् । उनले तीन जनालाई दिन्छन् । ती फरार छन् । उनीहरुले विभिन्न बजारमा पुर्याउँछन् । हालसम्म पक्राउ पर्न नसेकका ती तीन फरार भएका व्यक्तिहरुले बजारमा लगेर सुन विक्री वितरण गर्ने गरेका हुन् ।
सुनको पेमेन्टको व्यवस्थापनको जिम्मा दावा छिरिङ हुन् । उनी बेल्जियम नागरिक हुन्। तस्करीको योजना बनाउनेदेखि व्यवस्थापन पनि उनै हेर्थे ।
ठमेलमा उनको होटल छ । उनीलाई सुन तस्करीमा व्यवस्थापन गर्ने मुख्य व्यक्तिका रुपमा लिइन्छ । यिनको खातामा पैसा जम्मा भएको र कारोबार गर्ने गरेको पाइएको हो ।
बजारमा गएको सुनको पेमेन्ट उनीमार्फत सिधै हङकङमा हुने गरेको सिआइबीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया