अर्थ / बाणिज्य

सिवाईसी विपन्न र सीमान्तकृतको सारथि बनेकाे छ : सञ्चालक शर्मा

इकागज |
भदौ २७, २०८० बुधबार १६:५० बजे

काठमाडाैं । गरिबी, बेरोजगार र महिला सशक्तिकरणमा सिवाईसी लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको सिवाईसीका प्रबन्ध संचालक डोलिन्द्र प्रसाद शर्माले दाबी गरेका छन् । काठमाडाैंमा भएको एक कार्यक्रमका उनले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रमा लघुवित्तको उदेश्य भनेकै दुर दराजमा रहेका नागरिकको जनजीवन उकास्नु नै रहेको शर्माको भनाई छ । दूरदराजमा रहेका बेरोजगारी नागरिकलाई रोजगार दिने, गरिबीका रेखामुनि रहेका नागरिकलाई उकास्ने , स्थानीयस्तरमा छरिएका पैसालाई पूँजीमा परिचालन गरी विपन्न र सीमान्कृत परिवारलाई वित्तीय साक्षर बनाउनु मुख्य उदेश्य रहेको उनको दावी छ ।


अहिले सिवाईसीले दुरदराजमा बसेर केही गर्छु भन्ने जोस, उर्जा भएकालाई बिना धितो ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको  शर्माको भनाई छ । ७ लाखमा तरकारी जस्ता व्यवसाय सुरु गरेका दिदीबहिनी अहिले करोडौको मालिक भएको शर्माको भनाई छ ।  बंगुरपालन, कुखुरा तथा उद्यमीमा लागेर आर्थिक सवलीकरण गर्न सफल भएकाे उनकाे दाबी छ ।

सिवाईसीले उद्यमी बन्न चाहने दिदीबहिनीलाई तालिम समेत दिएको शर्माले बताए । विपन्न भाईबहिनीलाई सिवाईसीले पढाएको शर्मा बताउँछन् । लघुवित्तमा पछिल्लो समय समस्या उत्पन्न भएको शर्मा बताउँछन् । कर्जाको पनि दुरुपयोग भएको उनी बताउँछन् ।  केही लघुवित्तमा भएका समस्या नियमन गर्न  नेपाल राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।


Author

थप समाचार
x