अर्थ / बाणिज्य

हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

इकागज |
भदौ २८, २०८० बिहीबार १३:१५ बजे

काठमाडौँ – नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । 

यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ ।


गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियन उत्पादनको​ उपस्थिति भएकाे दुई दशकभन्दा बढी भइसकेको छ । 

यसका उत्पादनहरू मुख्यतया एमसिबि र डिस्ट्रिब्यूसन बोर्ड तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।

प्रभाकरशमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ –इन्डोएसियन)ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज साईनोराको अनावरण गरे । 

थापा र गुप्ताले नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनहरूबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू पेस गरे । 


Author

थप समाचार
x