अर्थ / बाणिज्य

चाडपर्वलाई भव्य रूपमा सेलिब्रेट गर्न टिसिएलकाे 'सेलिब्रेट ग्रेटनेस' योजना सार्वजनिक

इकागज |
भदौ २९, २०८० शुक्रबार १३:३३ बजे

काठमाडाैँ – ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैँ, तिहार तथा छठलाई लक्षित गरेर 'सेलिब्रेट ग्रेटनेस' योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


 ग्राहकहरूले यो योजनाको लाभ भाद्र २६  गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन ।

ग्राहकहरूले 'सेलिब्रेट ग्रेटनेस' योजना अन्तर्गत टिसिएल को कुनै पनि टेलिभिजनको खरिदमा ४४,७०० रुपैयाँ सम्मको आकर्षक छुट पाउन सक्नेछन।

त्यस्तै वाशिङ मेसिन खरिदमा १४,४०० रुपैयाँ सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन ।

यसका साथै ग्राहकहरूले टिसिएल को सम्पूर्ण क्याटागोरीको  एयर कन्डिसनरको खरिदमा ५६,८०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नेका साथै ४,००० रुपैयाँ बराबरको निःशुल्क एसि जडान सुविधा पनि पाउन सक्नेछन।

ग्राहकहरूले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१,८०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन।

साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

त्यसै गरि शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले 'सिजि लोयल्टी क्लब'को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशत सम्म छुट पाउन सक्नेछन्।

यी सुविधाका लागि ग्राहकहरूले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन।

नेपाल अधिराज्यभर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गट्टाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।


Author

थप समाचार
x